You are viewing the translated version of भेदभाव विरुद्धको अधिकार.
Section 5
भेदभाव विरुद्धको अधिकार
फौजदारी न्यायिक प्रक्रियामा पीडितको धर्म, वर्ण, लिङ्ग,जात, जाति, यौनिकता, उत्पत्ति, भाषा, वैवाहिक स्थिति, पारिवारिक स्थिति, उमेर,शारीरिक वा मानसिक अस्वस्थता, अपांगता वा वैचारिक आस्था वा यस्तै अन्य कुनैआधारमा भेदभाव गर्नु हुँदैन ।तर नाबालिग, जेष्ठ नागरिक वा शारीरिक वा मानसिक रुपले अशक्त पीडितव्यक्तिको खास आवश्यकतालाई फौजदारी न्यायिक प्रक्रियाको रोहमा विचार गर्नु पर्नेभएमा सम्भव भएसम्म त्यस्तो पीडित प्रति विशेष व्यवहार गर्न रोक लगाएको मानिनेछैन ।